झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज नेप्से १.९४ अंकले घटेर २७३२.५१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
बुधबार नेप्से १९.८४ अंकले घटेर २७३४.४४ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.०२ अंकले घटेर भएर ५१८.६४ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
बिहीबार २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर खरिद बिक्री हुँदा दुइ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रूपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १३ उपसमूको ५ कम्पनीबाहेक सबैको सेयरमूल्य घटेको छ ।
आज व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेका छन् भने बाँकीको सूचक घटेका छन्।आज सबैभन्दा बढी ट्रडिङको सेयरमूल्य ०.४३ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया