थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, १९९३ संक्रमणमुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर पाँच सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षणबाट ३६४ जना र एन्टिजेन परीक्षणबाट २०६ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७४ हजार ८५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९११ जना पुगेको छ ।
आज थप एक हजार ९९३ जना निको भएसँगै देशभर कोरोनाबाट निको हुनेको संख्या नौ लाख ४६ हजार ३३० जना पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ जना रहेका छन् । जसमध्ये १०९ जना क्वारेन्टिनमा छन् ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया