NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

फेरि हिंसात्मक बाटोमा विप्लव समूह, यी ७ जनप्रतिनिधिमाथि कारबाहीको तयारी

काठमाडौँ । मुलधारको राजनीतिमा फर्किएको नेकपा विप्लव समूह फेरि हिंसात्मक गतिविधिबाट फर्किन थालेको भन्दै सुरक्षा निकायले चिन्ता जनाएका छन् ।

पछिल्लो समय विप्लव समूहले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचार, अनियमिततामा संलग्न भएको आरोपमा सूची नै बनाएर कारबाही गर्न थालेको छ ।

स्थानीय जनप्रतिनिधि तथा कर्मचारीलाई भ्रष्टाचार, अनियमितता गरेको आरोप लगाउँदै चन्दा माग गर्ने र नदिएमा कालो मोसो दल्ने, भौतिक कारबाही गर्ने जस्ता गतिविधि बढाएको सुरक्षा निकायहरुको प्रतिवेदनले देखाएको छ

माओवादीबाट विभाजन भएर बनेको विप्लव समूहले दुई बर्ष हिंसात्मक राजनीतिको नेतृत्व गरेको थियो । सरकारसँगको वार्तापछि पुन खुल्ला राजनीतिमा फर्किएको नेकपा विप्लव समूहले फेरि हिंसात्मक गतिविधि बढाएको भन्दै सुरक्षा निकायले चिन्ता जनाएका छन् ।

पछिल्लो समय विप्लव समूह र उसका भातृ संगठनका नेता कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीसँग चन्दा संकलन बढाउन थालेको सुरक्षा निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएका छन् ।

स्थानीय जनप्रतिनिधि तथा कर्मचारीलाई भ्रष्टाचार, अनियमितता गरेको आरोप लगाउँदै चन्दा माग गर्ने र नदिएमा कालो मोसो दल्ने, भौतिक कारबाही गर्ने जस्ता गतिविधि बढाएको सुरक्षा निकायहरुको प्रतिवेदनले देखाएको छ ।

स्थानीय तहका प्रतिनिधिविरुद्ध आक्रामक देखिएको विप्लव समूहका कार्यकर्ताले पछिल्लो समय सुदुर पश्चिम प्रदेशका ७ स्थानीय तहका प्रतिनिधिलाई कारबाहीको तयारी गरेका छन् ।

स्रोतकाअनुसार उनीहरुले भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, शुक्लाफाँट नगरपालिका प्रमुख दिलबहादुर ऐर, कृष्णपुर नगरपालिका प्रमुख कर्ण हमालविरुद्ध कालोमोसो दलेर कारबाही गर्ने तयारी गरेका छन् ।

यस्तै विप्लव समूहका कार्यकर्ताहरुले पूनर्वास नगरपालिका प्रमुख जिवनराज थापा, वेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी, लालझाडी गाउँपालिका अध्यक्ष मदन वडायक र जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङ विश्रद्ध अनियमितता, भ्रष्टाचारको आरोप लगाउँदै कारबाही गर्ने तयारी गरेका छन् ।