विश्वकप छनोटमा ओमानलाई नेपालको ११८ रनको लक्ष्य, अन्तिममा सन्दीपको विष्फोटक ब्याटिङ
काठमाडौं । टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानसामू कमजोर लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले मुस्किलले एक सय रन कटाएको हो । २० ओभरमा ८ विकेट गुमाएर नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको हो ।
नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिफ शेख ४ र कुशल भुर्तेल ५ रन बनाएर आउट भए । केही सम्हालिन खोजे पनि ज्ञानेन्द्र मल्ल पनि १५ र दीपेन्द्रसिंह ऐरी ११ रन बनाएर आउट हुन पुगे । आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।
नेपालले १० ओभरमा ४ विकेट गुमाएर ४५ रन मात्रै जोडेको थियो । आरिफ शेखले सम्हालिएर ब्याटिङ गर्दा नेपालले मध्यम लक्ष्य दिएको हो । सन्दिप लामिछानेले ७ बल खेल्दै आक्रामक रुपमा १६ रन जोडेर नटआउट रहे । नेपालका लागि लोकेश बामले १६ रन बनाए । जुन दोस्रो सर्वाधिक रनसमेत हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया