भक्तपुरमा आजदेखि तीनदिन प्रजातन्त्र दिवस
भक्तपुर। भक्तपुरमा आजदेखि तीनदिनसम्म विभिन्न कार्यक्रममा गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।
सोही अवसरमा आइतबार भक्तपुरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरीय समितिको बैठकले बृहत् रक्तदान आयोजना गर्ने निर्णय गरेको हो ।
सोही अवसरमा आजदेखि तीनदिन घरघरमा दीपावली गरिने, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा फहराई साँझ दीपावली गर्ने, कार्यालय परिसरमा सरसफाइ गर्ने, रक्तदान तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र दिवससम्बन्धी सन्देश, सूचना, अन्तक्र्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन तथा प्रसारण गरिने भएको प्रजिअ शर्माले जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया