NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपाललाई जिताउन कसले कस्तो खेले ?

काठमाडौं । टि–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले आयोजक ओमानमाथि जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई कमजोर सुरुवात गर्दै ११८ रनको झिनो लक्ष्य दिएको थियो ।

तर नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानले सामान्य कमजोर लक्ष्य पनि पूरा गर्न सकेन । निर्धारित २० ओभरको खेलमा ओमान १७ ओभरमा ७८ रनमा समेटिँदै ३९ रनले पराजित हुन पुग्यो ।

कसले कस्तो खेले ?

नेपालको जितमा बलरहरू नायक बने । बलिङतर्फ कमल ऐरीले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै ५ को इकोनमीमा १५ रनमात्र दिए । उनले अन्तिम तथ निर्णायक विकेट लिएका हुन् ।

यस्तै, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले ५ को इकोनमी २० रन बनाए । दीपेन्द्रले चार ओभरमा १५ रनमात्र दिए । उनको इकोनमी ३.७५ को छ ।

यसैगरी जितेन्द्र मुखिया र अविनाश बोहराले लिएका १–१ विकेटले पनि नेपाललाई जिताउन सघाउ पुर्याए । ३ ओभर बलिङ गरेको जितेन्द्रले किफायती बलिङ गरे । उनले ९ रन मात्र दिए । उनको इकोनमी ३ को छ ।

त्यस्तै, अविनाशले ३ ओभर नै बलिङ गरेर ११ रन दिए । उनको इकोनमी ३.६६ मात्रै छ ।

केहीलाई छाडेर आज नेपाली ब्याट्सम्यानले औसत् प्रदर्शनसमेत गर्न सकेनन् । आरिफ शेखले सर्वाधिक ३७ बलमा ३८ रन बनाए । प्लेयर अफ दि म्याच भएका उनले एउटा चौका प्रहार गरे ।

आज २ जना ब्याट्सम्यानले मात्र छक्का प्रहार गरे । ती हुन् सन्दीप लामिछाने र लोकेश बम । उनीहरू दुवैले १६–१६ रनको योगदान गरे । सन्दीपले अविजित रहँदै ७ बलमै १६ रन बनाएका हुन् । उनले एउटा छक्का र एउटा चौका प्रहार गरे ।

१९ बल खेलेका लोकेशले पनि एउटा छक्का प्रहार गरे । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन नै बनाए । दीपेन्द्रले १८ बल खेलेर ११ रन बनाए । उनले एक चौका प्रहार गरे ।

विवेक यादवले १० बलमा ७ रन जोडे भने ओपनर कुशल भुर्तेलले ८ बलमा १ चौकासहित ५ रन जोडे ।

अर्का ओपनर आसिफ शेखले आज ५ बलमा ४ रनमात्र जोडेर आउट भए ।

त्यसैगरी कमलले ३ बलमा १ रनको रन बनाए । नेपालले ४ रन भने अतिरिक्त पाएको थियो ।