NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सिआइबीमा एआइजी राख्ने सरकारको निर्णय

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को नेतृत्व अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले गर्ने भएका छन् ।

सरकारले बिहीबार सिआइबीमा एआइजी राख्ने निर्णय गरेको छ । हाल सिआइबीको प्रमुखमा डिआइजी छन् । मन्त्रिपरिषद्को बैठकले प्रहरीमा एआइजीको तीन दरबन्दी थप्ने निर्णय गरेको हो ।

जसअुनसार सिआइबीमा एउटा दरबन्दी रहनेछ । त्यस्तै, प्रदेश समन्वय विभाग गठन गरेर त्यसको नेतृत्वमा एआइजी हुनेछन् । प्रशासन तथा मानव स्रोत विकास विभागलाई फुटाएर प्रशासन र मानव स्रोत विकास विभाग बनाउन लागिएको छ ।

संगठनको आवश्यकता भन्दा बढुवाका आकांक्षीहरुको आवश्यकताका आधारमा दरबन्दी थपिएको भन्दै आलोचना भइरहेको छ । थपिएको पदमा आगामी साता तीन डिआइजीको बढुवा सिफारिस हुने सम्भावना छ ।