सिआइबीमा एआइजी राख्ने सरकारको निर्णय
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को नेतृत्व अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले गर्ने भएका छन् ।
सरकारले बिहीबार सिआइबीमा एआइजी राख्ने निर्णय गरेको छ । हाल सिआइबीको प्रमुखमा डिआइजी छन् । मन्त्रिपरिषद्को बैठकले प्रहरीमा एआइजीको तीन दरबन्दी थप्ने निर्णय गरेको हो ।
जसअुनसार सिआइबीमा एउटा दरबन्दी रहनेछ । त्यस्तै, प्रदेश समन्वय विभाग गठन गरेर त्यसको नेतृत्वमा एआइजी हुनेछन् । प्रशासन तथा मानव स्रोत विकास विभागलाई फुटाएर प्रशासन र मानव स्रोत विकास विभाग बनाउन लागिएको छ ।
संगठनको आवश्यकता भन्दा बढुवाका आकांक्षीहरुको आवश्यकताका आधारमा दरबन्दी थपिएको भन्दै आलोचना भइरहेको छ । थपिएको पदमा आगामी साता तीन डिआइजीको बढुवा सिफारिस हुने सम्भावना छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया