ज्ञानेन्द्र शाही बने राप्रपाको पाँचौं प्रवक्ता, को–को छन् अन्य चार ?
काठमाडौं । ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवक्तामा मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक रहेको शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता आज मनोनित गरेका हुन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ ।
राप्रपामा यसअघि भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, शगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता छन् । श्रेष्ठ भने कमल थापाको पार्टी राप्रपा नेपालतिर लागेका छन् । यद्यपि, उनी वैधानिक रूपमा राप्रपाकै प्रवक्ता छन् ।
शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनित गरेको घोषणा गरका छन् ।
सो अवसरमा उनले पार्टीले सुशासन विभाग बनाउने र त्यसको प्रमुखसमेत बनाउनेसमेत उद्घोष गरे ।
शाहीले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया