NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

बिहीबार ४३७ जना कोरोना संक्रमित थपिँदा २४५४ निको भए

काठमाडौं । बुधबारको तुलानमा बिहीबार कोरोना संक्रमित हुनेको संख्यामा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर परीक्षणमार्फत २७५ जना र एन्टिजेनबाट १६२ जना गरी कुल चार सय ३७ जनामा कोरोना पुष्टि भएको हो । बुधबार पाँच सय ७० जनामा कोरोना पुष्टि भएको थियो ।

आज थपिएको संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७५ हजार १३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार थप दुई जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ । हिजो ६ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए ।

आज दुई हजार ४५४ जना निको भएसँगै देशभर कोरोनाबाट निको हुनेको संख्या नौ लाख ४८ हजार ७८४ जना पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १०९ जना क्वारेन्टिनमा छन् ।

No photo description available.