बिहीबार ४३७ जना कोरोना संक्रमित थपिँदा २४५४ निको भए
काठमाडौं । बुधबारको तुलानमा बिहीबार कोरोना संक्रमित हुनेको संख्यामा कमी आएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर परीक्षणमार्फत २७५ जना र एन्टिजेनबाट १६२ जना गरी कुल चार सय ३७ जनामा कोरोना पुष्टि भएको हो । बुधबार पाँच सय ७० जनामा कोरोना पुष्टि भएको थियो ।
आज थपिएको संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७५ हजार १३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबार थप दुई जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ । हिजो ६ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए ।
आज दुई हजार ४५४ जना निको भएसँगै देशभर कोरोनाबाट निको हुनेको संख्या नौ लाख ४८ हजार ७८४ जना पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १०९ जना क्वारेन्टिनमा छन् ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया