ओमानलाई हराएको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टि–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका छन् ।
ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।
ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

यस जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ । सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ ।
विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने ‘टि २०’ विश्वकपमा स्थान बनाउने छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया