अमेरिकाका लागि अफगानिस्तानका राजदूतद्वारा राजीनामा

काबुल । अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गरेकी छन् ।
अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
पछिल्लो छ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएका मध्ये उनी तेस्रो राजदूत हुन् ।
वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनैपनि राजनीतिक तथा कूटनीतिक गतिविधि गर्न नपाउने व्यवस्था अमेरिकाले गरेपछि उनले जिम्मेबारी त्यागेकी हुन् ।
अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्य बहाक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिए ।
“अफगानिस्तानको दूतावासलाई अमेरिकी विदेश मन्त्रालयले पठाएको पत्रमा राजदूतलाई घरबाट मात्रै काम गर्न र बाहिर निस्केर राजनीतिक तथा कूटनीतिक गतिविधि नगर्न भनिएको छ,” उनले भने ।
पत्रमा दूतावासका अन्य कर्मचारीहरूलाई पनि बाहिर निस्किएर कुनै गतिविधि गर्न निषेध गरिएको दूतावासका अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी सरकारको व्यवहारले दूतावासको जिम्मेबारी लिएर केही गर्न नसकिने भएकाले आफू त्यहाँ बसिरहनुको कुनै औचित्य नभएको राजदूत राजको भनाइ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया