सोमालियामा आत्मघाती विस्फोट, १० को मृत्यु, कैयौं घाइते
मोगादिशु । सोमालियामा भएको आत्मघाती विस्फोटनको घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेबारी जिहादीहरुको समूह ‘अल शबाब’ले दिएको प्रहरीले जनाएको छ ।
घटनामा परी मृत्यु भएका मध्ये केही सरकारी अधिकारीसमेत छन् । अरु १६ जना घाइते भएको पनि प्रहरीले जनाएको छ ।
सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन्। एक प्रत्यक्षदर्शीले भने, “यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइन, अति अमानवीय घटना ।”
घटनास्थल राजधानी मोगादिशुदेखि ३४० किलोमिटर टाढा पर्दछ । घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् । घटनाको विभिन्न क्षेत्रबाट भत्सर्ना र आलोचना भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया