NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

सोमालियामा आत्मघाती विस्फोट, १० को मृत्यु, कैयौं घाइते

मोगादिशु । सोमालियामा भएको आत्मघाती विस्फोटनको घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेबारी जिहादीहरुको समूह ‘अल शबाब’ले दिएको प्रहरीले जनाएको छ ।

घटनामा परी मृत्यु भएका मध्ये केही सरकारी अधिकारीसमेत छन् । अरु १६ जना घाइते भएको पनि प्रहरीले जनाएको छ ।

सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन्। एक प्रत्यक्षदर्शीले भने, “यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइन, अति अमानवीय घटना ।”

घटनास्थल राजधानी मोगादिशुदेखि ३४० किलोमिटर टाढा पर्दछ । घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् । घटनाको विभिन्न क्षेत्रबाट भत्सर्ना र आलोचना भएको छ ।