सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेर ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार चाँदी तोलामा १० रूपैयाँ बढेकोमा आज स्थिर छ । आज चाँदी शुक्रबारकै मूल्य तोलामा १ हजार ३०५ रूपैयाँमा नै कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया