NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

नेइमारले पेनाल्टी चुकाए, पिएसजी पराजित

काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) परुाजित भएको छ । फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति भएको खेलमा पिएसजी नान्टेसले ३–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली नान्टेसले सुरुवाती अग्रता लिएको थियो । खेलको चौंथो मिनेटमा नै रान्डल कोलोले गोल गर्दै नान्टेसलाई अग्रता दिलाएका हुन् ।

१६ औं मिनेटमा नान्टेसले अग्रता दोब्बर बनायो । क्विनटिन मेर्लिनले गोल गर्दै घरेलु टोलीलाई २–० ले अघि बढाएका हुन् ।

पहिलो हाफको इन्जुरी समय अर्थात ४५ प्लस ६ मिनेटमा लुडोभिच ब्लासले गोल गर्दै नान्टेसलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको सुरुवातीमै पिएसजी खेलमा फर्किने कोसिस गर्यो । खेलको ४७ औं मिनेटमा लियोनल मेसीको पासमा नेयमारले गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने कोसिस गरेका हुन् ।

तर, खेलको ५९ औं मिनेटमा पाएको पेनाल्टीमा सदुपयोग हुन नसक्दा पिएजी ३–१ ले पछि पर्यो । नेइमारले पेनाल्टी चुकाएका हुन् । त्यसपछि दुवै टालीबाट कुनै गोल हुन सकेन र खेल नान्टेसले ३–१ ले जित्यो ।

यस हारपछि पनि पिएसजी शीर्ष स्थानमा कायम रहेको छ । उसले २५ खेलमा ५९ अंक जोडेको छ ।

नान्टेस भने ३८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । लिगमा पिएसजीको दोस्रो हार हो ।

ताजा अपडेट

नेपालवाच विशेष