२६२ जना कोरोना संक्रमित थपिए, १३३८ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर परीक्षणबाट २२९ जना र एन्टिजेन परीक्षणबाट ३३ जना गरी २६२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो समय नाै हजार ८१५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पीसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या नौ लाख ७५ हजार ५५९ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार ५९७ रहेको छ । आज कोरोनाबाट थप चार जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।
पछिल्लो समय एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । यससँगै भाइरस संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५१ हजार ३९४ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १२ हजार २४४ जना रहेको छ । जसमध्ये ११० जना क्वारेन्टिनमा छन् ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया