चर्चित बेलायती युट्युबर तथा उद्यमी एड्वर्डसको निधन
काठमाडौं । बेलायतका उद्यमी, युट्युब स्टार जमल एड्वर्डस्को निधन भएको छ ।
बिबिसीले उनको कम्पनीलाई उद्धृत गर्दै ३१ वर्षको उमेरमा जमलको निधन भएको जनाएको छ ।
एडवर्डस एसबी टिभीका फाउन्डर हुन् । यो टेलिभिजन शहरको संगीत मञ्चका रूपमा स्थापित थियो । जसले एड शिरनजस्ता कलाकार जन्माउनुको साथै विभिन्न चर्चित कार्यक्रम दिएको थियो ।
उनको निधनप्रति विभिन्न व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । र्यापर लेडी लेशरले उनको निधनको समाचारले आफ्नो मुटु छियाछिया बनेको लेखेकी छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया