सुनको मूल्य चार सय रूपैयाँ घट्यो

काठमाडौं । आइतबार तोलामा एक सय रूपैयाँ बढेको सुनको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रूपैयाँ घटेर ९६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तोलामा ९६ हजार एक सय रूपैयाँ कायम गरिएको तेजावी सुन आज ९५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार स्थिर चाँदी आज तोलामा ५ रूपैयाँ घटेको छ । महासंघका अनुसार आइतबार चाँदी १ हजार ३०५ रूपैयाँमा कारोबार भएकोमा आज १ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया