सुनको मूल्य चार सय रूपैयाँ घट्यो
काठमाडौं । आइतबार तोलामा एक सय रूपैयाँ बढेको सुनको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रूपैयाँ घटेर ९६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तोलामा ९६ हजार एक सय रूपैयाँ कायम गरिएको तेजावी सुन आज ९५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार स्थिर चाँदी आज तोलामा ५ रूपैयाँ घटेको छ । महासंघका अनुसार आइतबार चाँदी १ हजार ३०५ रूपैयाँमा कारोबार भएकोमा आज १ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया