शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम सार्वजनिक
काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीति एल्बम सार्वजनिक गरिएको हो ।
कार्यक्रमा गीतकार संघका पूर्वअध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणी देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले संयुक्त रूपमा एल्बमको विमोचना गरे । एल्बमलाई रेडियो कान्तिपुरको ‘सेलिब्रेटी आवर’ कार्यक्रममा विमोचन गरिएको थियो ।
एल्बममा भएका पाँचवटा गीतको रचनाकार भट्टराई हुन् । गीतमा संगीत संयोजन मनोहर सुनाम र निरज श्रेष्ठले गरेका छन् भने संगीत शक्ति बल्लभले भरेका छन् ।
पाँचैवटा गीतमा शिशिर योगी, प्राश्ना शाक्य, सुमित खड्का, रुपक डोटेल, निशान भट्टराई लगायतका गायक गायिकाले आवाज दिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया