शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम सार्वजनिक

काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीति एल्बम सार्वजनिक गरिएको हो ।
कार्यक्रमा गीतकार संघका पूर्वअध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणी देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले संयुक्त रूपमा एल्बमको विमोचना गरे । एल्बमलाई रेडियो कान्तिपुरको ‘सेलिब्रेटी आवर’ कार्यक्रममा विमोचन गरिएको थियो ।
एल्बममा भएका पाँचवटा गीतको रचनाकार भट्टराई हुन् । गीतमा संगीत संयोजन मनोहर सुनाम र निरज श्रेष्ठले गरेका छन् भने संगीत शक्ति बल्लभले भरेका छन् ।
पाँचैवटा गीतमा शिशिर योगी, प्राश्ना शाक्य, सुमित खड्का, रुपक डोटेल, निशान भट्टराई लगायतका गायक गायिकाले आवाज दिएका छन् ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया