देउवाका ज्योतिषि भन्छन्, ‘प्रचण्डको २७ वर्षअघिको ज्योतिषीय योग पुनः दोहोरिँदैछ’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषिले नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना एमसिसीबारे नयाँ खुलासा गरेका छन् ।
देउवाको ज्योतिषि सुरेशचन्द्र रिजालले प्रचण्डको २७ वर्ष अघिको ज्योतिषीय योग पुनः दोहोरिएर आउने दाबी गरेका हुन् ।
प्रचण्डसामु अहिले अमेरिकी परियोजना (एमसीसी सम्झौता संसद्मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने या पुनः पश्चिमी हस्तक्षेपविरुद्ध आन्दोलन गर्ने भन्ने जटिल अवस्था सिर्जना भएको छ उनले बताएका छन् । यो योग २७ वर्षअघि माओवादीले जनयुद्ध सुरु गर्दा बेलाको जस्तो भएको उनको भनाइ छ ।

‘प्रचण्डको २७ वर्ष अघिको ज्योतिषीय योग पुनः दोहोरिएर आउँदैछ । २०५२ साल फागुन १ गतेदेखि भारतीय विस्तारबाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्षबाट सत्ता प्राप्तिको अवसर प्राप्त गरेका उनको सोही योग दोहोरिएर आउन लागेको हो’, ज्योतिषि रिजालले फेसबुकमा लेखेका छन्, ‘एमसिसी सम्झौता संसद्मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने या पुनः पश्चिमी हस्तक्षेपविरुद्ध आन्दोलन गर्ने भन्ने जटिल अवस्था सिर्जना भएको छ । राजनीतिक यात्राबाट आफूलाई कुन दिशातर्फ घुमाउने उनका लागि यो महत्त्वपूर्ण समय रहने छ । यसैका आधारमा आगामी राजनीति यात्र तय हुने छ ।’
देउवाका ज्यातिषि रिजालले यसअघि पनि एउटा खुलासा गरेका थिए । उनले कालसर्प योग परेको समयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग दर्ता गराएकाले त्यसले सत्ता गठबन्धनलाई नै घाटा हुने बताएका थिए ।
कालसर्प योग शक्तिशाली भएकाले त्यसले प्रधानन्यायाधीश राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनले ठोकुवा गरेका थिए ।
यसअघि प्रधानमन्त्री देउवाले हरेक कदम चाल्दा ज्योतिषि रिजालसँग साइत हेराउने गरेको बताइएको छ । गत महिना स्थानीय निर्वाचनको मिति घोषणा गर्दा पनि देउवाले रिजाललाई ज्योतिष हेराएर साइत जुराएको बताइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया