NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सन्दीपले लिए तीन विकेट

काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट क्यानडाविरुद्ध नेपालले नवौं सफलता हासिल गरेको छ ।

यसक्रममा कप्तान सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । उनले चार ओभरमा १२ रन खर्चेर तीन विकेट चट्काएका हुन् ।

यसअघि कमलसिंह ऐरीलेले दुई तथा अविनाश बोहरा र कुशल मल्लले एक विकेट लिएका छन् ।

क्यानडाले १३ ओभरको समाप्तिमा नौ विकेट गुमाएर ६६ रन बनाएको छ ।

क्यानडाले टस जितेर ब्याटिङ गर्ने निधो गरेको हो ।

यस्तो छ नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।