नेपालले विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग खेल्ने
काठमाडौं । ओमानमा जारी टि–विश्वकप छनोटमा नेपालकाे समूह विजेता बन्दै फाइनल प्रवेशका लागि युएईसँग खेल्ने पक्का भएको छ । अर्को समूहमा युएई उपविजेता र नेपाल अर्को समूहबाट विजेता बन्ने टुंगो लागेसँगै नेपालकाे सेमिफाइनल समीकरण पूरा भएको हो ।
क्यानडाले नेपाललाई फराकिलो अन्तरले हराउनुपर्ने भए पनि क्यानडा हार्ने निश्चित भएपछि तीन खेलमा शतप्रतिशत जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने पक्का भएको हो ।
अब सेमिफाइनलमा विजेता बनेको नेपाल र अर्को समूहबाट उपविजेता बनेको युएई भिड्नेछन् । अर्को सेमिफाइनमा आयरल्याण्ड र ओमान भिड्नेछन् । दुवै सेमिफाइनका फाइनलिष्ट टि २० विश्वकपका लागि छानिनेछन् ।
क्यानडालाई सस्तोमा रोक्न सन्दीप लामिछानेले तीन, कमल ऐरी र अविनाश बोहोराले समान २/२ विकेट लिएका थिए ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया