NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाललाई विश्वकपनजिक पुर्याउन कसले कस्तो खेले ?

काठमाडौं । ओमानमा जारी टि–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ ।

यस जितसँगै नेपाल विश्वकपनजिक पुगेको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने पक्का भएको छ ।

टस जितेर ब्याटिङ गरेको क्यानडा पूरै ओभरसम्म पनि टिक्न सकेन । क्यानडाले १५ ओभरमै अलआउट हुँदै ८० रनमात्र बनाउन सक्यो ।

क्यानडाले दिएको १८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो ।

कसले कस्तो खेले ?

सदा झै आज पनि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।

सन्दीपले चार ओभरमा १२ रन खर्चिएर तीन विकेट लिएका हुन् । सन्दीप प्लेयर अफ दि म्याचसमेत भए ।

यस्तै, कमलले तीन ओभरमा १६ रन दिएर दुई विकेट लिए भने समान दुई विकेट लिएका अविनाशले तीन ओभरमा सात रनमात्र दिए ।

त्यसैगरी कुशलले एक ओभरमात्र बलिङ गरेर चार रन दिँदै एक विकेट लिएका हुन् । नेपालले दुई विकेट भने रनआउटबाट लिएको थियो ।

बलरहरूले जितको आधार तयार गरिसकेकाले ब्याट्सम्यानहरूले दबावमा खेल्नु परेन । ओपनर कुशल भुर्तेलले ३७ बलमा एक चौकाको मद्दतमा ३४ रन बनाए । यो नै आज नेपाली खेलाडीले बनाएको सर्वाधिक रन हो ।

त्यसैगरी अर्को ओपनर आशिफ शेखले १६ बलमा एक चौका र एक छक्काको मद्दतमा १७ रन जोडे । तेस्रो क्रममा आएका कुशल मल्ल पहिलो बलमा पबेलियन फर्किए ।

त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलसँग मिलेर इनिङ्स सम्हाले । दीपेन्द्रले ३१ बलमा तीन चौकाको मद्दतमा २७ रन बनाए । नेपालले तीन रन अतिरिक्त पाएको हो ।

यस्तो थियो नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।

नेपालले विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग खेल्ने

सन्दीपले लिए तीन विकेट

 

ताजा अपडेट

नेपालवाच विशेष