३८८ कोरोना सङ्क्रमित थपिए, १२०५ जना सङ्क्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ रहेका छन् । यस अवधिमा थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पाँच हजार २२५ पिसिआर परीक्षण गर्दा २४७ र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी ३८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ५४४ पुगेको छ । यस अवधिमा चारजनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया