NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

विश्वकपनजिक पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्यानडाविरुद्ध जित निकाल्दै टि–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

विश्वकपनजिक पुगेको टोलीलाई उनले आज सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘क्यानडाविरुद्ध जित निकाल्दै टि–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई’, देउवाले फेसबुकमा लेखेका छन्, ‘भोलि हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छासहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु ।’

नेपालले मंगलबार युएईविरुद्ध खेल्दैछ । त्यसमा जिते नेपाल विश्वकपमा छनोट हुनेछ ।