NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य ८०० रूपैयाँले उकालो

काठमाडाैं । सोमबार तोलामा चार सय रूपैयाँ घटेको सुनको मूल्य आज ८ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९७ हजार रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेको थियो ।

त्यस्तै सोमबार तोलामा ९५ हजार सात सय रूपैयाँ कायम गरिएको तेजावी सुन आजको लागि ९६ हजार पाँच सय रूपैयाँ तोकिएको छ ।

सोमबार तोलामा ५ रूपैयाँ घटेको चाँदीको मूल्य आज १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार सोमबार तोलामा १ हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १२५ रूपैयाँमा कारोबार भइरहेको हो ।