करार अवधिका लागि सुपरीवेक्षक र गणकको आवेदन खुला
काठमाडाैं । राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्यांक विभागबाट सञ्चालन हुने राष्ट्रिय जनगणनाको लागि करार सेवामा तथ्यांक संकलन गर्ने तथा सुपरीवेक्षणको लागि आवेदन खुलेको छ ।
विभागले आज एक सूचना जारी गरी २८ दिनभित्र इत्छुक नागरिकले अनलाइन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिन भनिएको छ । काम गर्ने करार अवधि दुई महिनाको रहेको छ ।
अनलाइन निवेदन दिँदा निवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, तालिम तथा अनुभवको प्रमाणपत्र पेश गर्नु पर्ने छ ।
आवेदन फागुन १० गतेदेखि चैत्र ७ गतेसम्म अनलाइनबाट दिन सक्नेछन् । उम्मेदवारले आफूले रोजेको स्थानीय तहमा काम गर्न पाउने सम्भावना भएको पनि विभागको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी


प्रतिक्रिया