करार अवधिका लागि सुपरीवेक्षक र गणकको आवेदन खुला

काठमाडाैं । राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्यांक विभागबाट सञ्चालन हुने राष्ट्रिय जनगणनाको लागि करार सेवामा तथ्यांक संकलन गर्ने तथा सुपरीवेक्षणको लागि आवेदन खुलेको छ ।
विभागले आज एक सूचना जारी गरी २८ दिनभित्र इत्छुक नागरिकले अनलाइन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिन भनिएको छ । काम गर्ने करार अवधि दुई महिनाको रहेको छ ।
अनलाइन निवेदन दिँदा निवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, तालिम तथा अनुभवको प्रमाणपत्र पेश गर्नु पर्ने छ ।
आवेदन फागुन १० गतेदेखि चैत्र ७ गतेसम्म अनलाइनबाट दिन सक्नेछन् । उम्मेदवारले आफूले रोजेको स्थानीय तहमा काम गर्न पाउने सम्भावना भएको पनि विभागको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया