स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध सर्वाेच्चमा दायर रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अन्तरिम आदेश दिएका हुन् ।
जनप्रतिनिधिको अवधि ५ वर्षको हुने संवैधानिक व्यवस्था विपरीत सो अवधि नपुग्दै निर्वाचनको मिति तोकिएको भन्दै सरकारको निर्णय खारेजीको माग गर्दै साह अदालत पुगेका थिए । उनको रिट सुरूमा सर्वोच्चमा प्रशासनले दरपीठ गरिदिएको थियो ।
दरपीठविरुद्ध निवेदन लिएर उनी पुनः सर्वोच्च गएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया