स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध सर्वाेच्चमा दायर रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अन्तरिम आदेश दिएका हुन् ।
जनप्रतिनिधिको अवधि ५ वर्षको हुने संवैधानिक व्यवस्था विपरीत सो अवधि नपुग्दै निर्वाचनको मिति तोकिएको भन्दै सरकारको निर्णय खारेजीको माग गर्दै साह अदालत पुगेका थिए । उनको रिट सुरूमा सर्वोच्चमा प्रशासनले दरपीठ गरिदिएको थियो ।
दरपीठविरुद्ध निवेदन लिएर उनी पुनः सर्वोच्च गएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया