NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

युक्रेनले भन्यो– अमेरिकाले हामीलाई थप हतियार दिन्छ

काठमाडौं । युक्रेनले अमेरिकासँग युद्ध भएको खण्डमा अमेरिकाले थप हतियार दिने बताएको छ । मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेटवार्ता गरेका युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाबाट थप हतियारको आश्वासन पाएको बताए ।

‘अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने बाचा गरेका छन्,’ विदेशमन्त्री कुलेबाले फक्स न्युजलाई भनेका छन् । बाइडनले पनि आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग जारी राख्ने प्रतिबद्धता जायर गरेका छन् ।

युक्रेनलक्षित रुसका विभिन्न कदमपछि अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ । जसमा ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाउनेलगायत छन् ।

त्यसैगरी, रुसी समकक्षीसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तय गरेको वार्तासमेत रद्द गरिएको छ ।

रुसले क्राइमियालाई आफ्नो भूभागमा मिलाउँदाभन्दा धेरै प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपति बाइडनको भनाइ छ ।

युक्रेनका विदेशमन्त्री दिमेत्रोले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको जनाउँदै प्रशन्नता व्यक्त गरेका छन् ।

उनले जारी तनाव व्यवस्थापन निम्ति अमेरिकी सेना युक्रेनमा परिचालन होस् भन्ने आफूहरूले नचाहेको बताएका छन् ।

रुस र युक्रेनबीच केही समयदेखि तनाव छ । रुसले पृथकतावादीले कब्जा जमाएका युक्रेनका दुई स्थानलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि तनाव थप बढ्ने चिन्तामा विश्व समुदाय छ ।