युक्रेनले भन्यो– अमेरिकाले हामीलाई थप हतियार दिन्छ
काठमाडौं । युक्रेनले अमेरिकासँग युद्ध भएको खण्डमा अमेरिकाले थप हतियार दिने बताएको छ । मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेटवार्ता गरेका युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाबाट थप हतियारको आश्वासन पाएको बताए ।
‘अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने बाचा गरेका छन्,’ विदेशमन्त्री कुलेबाले फक्स न्युजलाई भनेका छन् । बाइडनले पनि आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग जारी राख्ने प्रतिबद्धता जायर गरेका छन् ।
युक्रेनलक्षित रुसका विभिन्न कदमपछि अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ । जसमा ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाउनेलगायत छन् ।
त्यसैगरी, रुसी समकक्षीसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तय गरेको वार्तासमेत रद्द गरिएको छ ।
रुसले क्राइमियालाई आफ्नो भूभागमा मिलाउँदाभन्दा धेरै प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपति बाइडनको भनाइ छ ।
युक्रेनका विदेशमन्त्री दिमेत्रोले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको जनाउँदै प्रशन्नता व्यक्त गरेका छन् ।
उनले जारी तनाव व्यवस्थापन निम्ति अमेरिकी सेना युक्रेनमा परिचालन होस् भन्ने आफूहरूले नचाहेको बताएका छन् ।
रुस र युक्रेनबीच केही समयदेखि तनाव छ । रुसले पृथकतावादीले कब्जा जमाएका युक्रेनका दुई स्थानलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि तनाव थप बढ्ने चिन्तामा विश्व समुदाय छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया