NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

चर्चित गायक जयनन्द लामाको निधन

काठमाडौं । चर्चित लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान निधन भएको हो ।

उनी घरको गेटमा मृत अवस्थामा भेटिएको बताइएको छ ।

कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुवेले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै लामाको निधन भएको पुष्टि गरेका छन् ।

लामा सिन्धुपाल्चोक बाह्रबीसेका हुन् । उनले दर्जनौं लोकगीतमा स्वर दिनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभियान गरेका थिए । पछिल्लो समय उनी हल्का रमाइलो नामक टेलिश्रृंखलामा देखिँदै आएका थिए ।