सुनको मूल्य ५०० रूपैयाँले ओरालो

काठमाडौं । मंगलबार तोलामा ८ सय रूपैयाँ बढेको सुनको मूल्य आज पाँच सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलमा ९७ हजार रूपैयाँमा कारोबार भएकाे छापावाल सुन आज ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुन तोलामा चार सय रूपैयाँ घटेको थियो । आइतबार भने छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेको थियो ।
त्यस्तै मंगलबार तोलामा ९६ हजार पाँच सय रूपैयाँ तोकिएको तेजावी सुन आजको लागि ९६ हजार कायम गरिएको छ ।
सोमबार तोलामा १५ रूपैयाँ बढेर १ हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज पाँच रूपैयाँ बढेर १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिक्रिया