विश्वकपमा छानिन नसकेको नेपालले ओमानसँग भोलि फेरि खेल्ने
काठमाडौं । अष्ट्रेलियामा आगामी अक्टोबर र नोभेम्बरमा हुने टी–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ । जित्नैपर्ने खेलमा युएईसँग फराकिलो ६८ रनको हार बेहोरेपछि नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना सकिएको हो ।
विश्वकप छनोट अन्तर्गत ग्रुप बीमा तीनवटै म्याच जित्दै नेपाल सेमिफाइनमा पुगेको थियो । तर पारम्परिक प्रतिद्धन्द्धी युएईसँग १७६ रन पछ्याउने क्रममा नेपाल १०७ रनमा अल आउट भएको थियो ।
नेपाललाई पराजित गरेको युएई र ओमानलाई पराजित गरेको आयरल्याण्डले भोलि नै फालनल खेल्दैछन् । समूह चरणमा पनि यी दुई देश भिड्दा युएईले १८ रनले जितेको थियो ।
समूहमा दोस्रो हुँदै सेमिफाइनल पुगेको युएइले तीनवटै खेल जितेको नेपाललाई पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
पराजित भएको नेपालले फेरि ओमानसँग खेल्नेछ । ओमानलाई समूह चरणको पहिलो खेलमा नेपालले ३९ रनले पराजित गरेको थियो । अब तेस्रो स्थानका लागि भोलि नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया