लामालाई श्रद्धाञ्जलि दिँदै प्रचण्डले भने : ‘कल्कत्ते काइँयो’ ओठमा सधैँ बसिरहनेछ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक लोक गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेको छन् । उनले आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।
अध्यक्ष प्रचण्डले लामाले गाएका ‘कल्कत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘के को साँचो’ जस्ता गीतलाई सम्झादै यी सदा आफ्ना ओठमा बसिरहने बताएका छन् ।
‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली स्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुःखी छु’, उनले फेसबुकमा लेखेका छन्, ‘लोकप्रिय कलाकार लामा भौतिक रुपमा हामी माझ नरहेता पनि कल्कत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, के को साँचोजस्ता उहाँका अनगिन्ति सिर्जना हाम्रा ओठमा सदैव बसिरहनेछन् । हामी सम्झिरहनेछौं । कलाकार जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जलि !’
प्रचण्डले लामासँगको तस्बिरसमेत सामाजिक सञ्जालमा राखेका छन् ।
कलाकार लामाको आज बिहान निधन भएको हो । उनी घरको गेटमा मृत अवस्थामा भेटिएको बताइएको छ ।
लामा सिन्धुपाल्चोक बाह्रबीसेका हुन् । उनले दर्जनौं लोकगीतमा स्वर दिनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभियान गरेका थिए ।
पछिल्लो समय उनी ‘हल्का रमाइलो’ नामक टेलिश्रृंखलामा देखिँदै आएका थिए ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया