अब एक घण्टामै इलाम पुगिने
काठमाडौं । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा एयरपोर्टमा आजबाट व्यावसायिक उडान शुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछि तारा एयरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न भएको हो ।
तारा एयरको नाइन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो ।
तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो ।

पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाईँ, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह, पर्यटन व्यवसायी, यात्रु तथा तारा एयरका प्राविधिक टोली गरी १४ जना यात्रु पहिलो व्यवसायिक उडानमा सहभागी भएका थिए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलगायत पर्यटन व्यवसायीले उक्त उडानमा सहभागीहरुलाई स्वागत गरेका थिए ।
६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि २०७५ जेठ २१ गते तारा एयरले नै पहिलो परीक्षण उडान गरेको थियो ।
आजबाट पहिलो व्यवसायिक उडान सुरु गरेको तारा एअरले आइतबार र बिहीबार हप्तामा दुईदिन नियमित उडान गर्ने जानकारी तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयरअन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । उनका अनुसार यो गन्तव्यको उडान दूरी करिब एक घण्टाको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया