‘२ नम्बरी’मा अभिनय गर्ने तयारीमा थिए जयनन्द
काठमाडौं । आज निधन भएका लोक गायक तथा अभिनेता जयनन्द लामा नयाँ चलचित्र ‘२ नम्बरी’मा अभिनय गर्ने तयारीमा रहेका थिए । उक्त चलचित्र चैतबाट छायांकन हुने तयारीमा छ ।
यसको जानकारी निर्देशक दीपेन्द्र लामाले दिएका हुन् ।
‘उहाँ चैतमा छायांकन सुरु गर्न लागिएको मेरो फिल्म ’२ नम्बरी’मा अभिनय गर्ने तयारीमा हुनुहुन्थ्यो । अरु ३–४ वटा फिल्मको कामले गर्दा व्यस्त उहाँ भन्दै हुनुहुन्थ्यो– तपाईंको फिल्मबाट मलाई छिट्टै फ्रि गरिदिनुस् है । बरु, मलाई क्लाइमेक्स सिनमा नराख्नुस्’, लामाले फेसबुकमा लेखेका छन्, ’आई एम सिक्स्टी सिक्स ! हिजो उहाँले भन्नुभएको अझै कानमा गुन्जिरहेको छ । उहाँको प्रस्थान अकल्पनीय लागिरहेको छ ।’
कलाकार जयनन्दको आज बिहान निधन भएको हो । उनी घरको गेटमा मृत अवस्थामा भेटिएको बताइएको छ ।
लामा सिन्धुपाल्चोक बाह्रबीसेका हुन् । उनले दर्जनौं लोकगीतमा स्वर दिनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभियान गरेका थिए । पछिल्लो समय उनी ‘हल्का रमाइलो’ नामक टेलिश्रृंखलामा देखिँदै आएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया