स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएकोसमेत बताएका छन् ।
एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत आजदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएका चुनावबाट भाग्ने असफल भएकोसमेत बताए । उनले एमसिसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरुबीच नै दोहोरो भूमिका देखिएको भन्दै पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताए । उनले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा हुन नहुने बताए ।
उनले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको जनाउँदै एमालेलाई जनताको साथ रहेकाले त्यस प्रकारको घेराबन्दीलाई सामना गर्ने बताए । पोखरेलले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशनसमेत दिए । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मालगायत सहभागी छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया