नाबालिग गायिकाका बुवाले पलविरुद्ध दिएको जाहेरीमा के छ ?
काठमाडौं । अभिनेता तथा मोडल पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ ।
नाबालिग गायिकाका बुवाले जाहेरी दिएका हुन् । तर, जाहेरीमा उनको नाम भने छैन । जाहेरीवालाको नाममा ‘त अधिकारी’ राखिएको छ ।
नायक शाहले गत वैशाख १४ गते सुटिङ सकेर पोखराबाट काठमाडौं आउने क्रममा तनहुँमा बास बसेको क्रममा नाबालिग गायिकालाई जर्बजस्ती बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
साथै, शाहले यसअघि पनि ०७७ पुस १० गते पोखरास्थित होटल प्राइममा र सोही वर्षको चैत ७ गते चितवनस्थित गैँडाकोट रिसोर्टमा पटक–पटक करणी गरेको समीक्षाका बुवाले दिएको जाहेरीमा उल्लेख छ ।
नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जबर्जस्ती यौन सम्बन्ध राखेको आरोप उनका बुवाले लगाएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया