NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

सैन्य परिचालन रोक्न रुसलाई राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्र संघले सैन्य परिचालन रोक्न रुसलाई आग्रह गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध युद्धको घोषणा गरेलगत्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यस्तो आग्रह गरेका हुन् ।

उनले पुटिनलाई शान्तिको मौका दिन भनेका छन् ।

‘यो रात अन्तरहृदयदेखि भन्नका लागि मसँग मात्रै एउटा कुरा छ, राष्ट्रपति पुटिन, युक्रेन आक्रमण गर्नबाट तपाईंका सैनिकलाई रोक्नुहोस् ।’

धेरै मानिसहरूले यसअघि नै जीवन गुमाइसकेकाले शान्तिका लागि एउटा मौका दिन उनले भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष