राष्ट्र उत्थान लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बिहीबार फागुन १२ गते बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको हो । यसको प्री-अलोटमेन्ट बुधबार सम्पन्न भइसकेको छ ।
राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो ।
बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।
धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपि आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया