एकैदिन सुनको मूल्य २५०० बढ्यो, तोलामा ९९००० कारोबार हुँदै
काठमाडाैं । एकैदिन सुनको मूल्य २ हजार पाँच सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुन आइतबार तोलामा एक सय रूपैयाँ र मंगलबार ८ सय रूपैयाँ बढेको थियो । त्यस्तै छापावाल सुन सोमबार तोलामा चार सय रूपैयाँ र बुधबार पाँच सय रूपैयाँ घटेको थियो ।
त्यस्तै बुधबार तोलामा ९६ हजार कायम गरिएको तेजावी सुन आजको लागि ९८ हजार पाँच सय रूपैयाँ तोकिएको छ ।
बुधबार तोलामा पाँच रूपैयाँ बढेर १ हजार ३२० रूपैयाँमा कारोबार भएकोमा आज ३५ रूपैयाँ बढेर एक हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया