एकैदिन सुनको मूल्य २५०० बढ्यो, तोलामा ९९००० कारोबार हुँदै
काठमाडाैं । एकैदिन सुनको मूल्य २ हजार पाँच सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुन आइतबार तोलामा एक सय रूपैयाँ र मंगलबार ८ सय रूपैयाँ बढेको थियो । त्यस्तै छापावाल सुन सोमबार तोलामा चार सय रूपैयाँ र बुधबार पाँच सय रूपैयाँ घटेको थियो ।
त्यस्तै बुधबार तोलामा ९६ हजार कायम गरिएको तेजावी सुन आजको लागि ९८ हजार पाँच सय रूपैयाँ तोकिएको छ ।
बुधबार तोलामा पाँच रूपैयाँ बढेर १ हजार ३२० रूपैयाँमा कारोबार भएकोमा आज ३५ रूपैयाँ बढेर एक हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया