एमसिसीमा छलफल अघि प्रचण्डको दौडधुप, प्रधानमन्त्रीसँगको भेट सकियो

काठमाडौं । संसदमा टेबल भएको एमसिसीमा छलफल अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रृंखलावद्ध छलफल गरेका छन् ।
प्रचण्डले नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटेपछि प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटेका हुन् ।
भेटमा आजदेखि संसदमा छलफल हुने एमसिसीबारे छलफल भए पनि दुवै पक्षले के भयो भन्नेबारे बाहिर केही पनि ल्याएका छैनन् ।
प्रधानमन्त्रीले एमसिसी पास गर्नमा सत्तारुढ दलमा सहमति नजुटे एमालेको सहयोग लिएर भए पनि पास गर्ने नीति लिएपछि प्रचण्डले दौडधुप थालेका हुन् ।
संसद बैठक आजै १ बजे बस्दैछ । एमसिसीमा छलफल हुने भएपछि बानेश्वरस्थित संसद भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ताजा अपडेट
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
प्रतिक्रिया