NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमसिसीको विरोधले बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं । एमसिसीको विरोधमा प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडफोड गरेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादीसहितका दल र भ्रातृ संस्थाका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

कुनै हालतमा एमसिसी पास गर्न नहुने भन्दै विरोधमा प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरालाई तोड्दा संसद भवन क्षेत्र रहेको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीले ब्यारिकेड तोड्दै प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास र पानीको प्रहार गरेको छ । केहीबेर प्रदर्शनकारी र प्ररीबीच मुडभेड भएको थियो ।

यस अघि नै संसदमा टेबल भएको एमसिसीको विषयमा बिहीबारबाट सैद्धान्तिक छलफल हुने कार्यसूची थियो । छलफलका लागि बोल्न चाहने सांसदलाई ५ मिनेटको समय पनि तोकिएको थियो ।

तर बैठक सुरु हुने अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष