संसद् बैठक स्थगित गरेलगत्तै प्रधानमन्त्री देउवाले ओलीसँग किन गरे बानेश्वरमै छलफल ?

काठमाडौं । सुरु हुनै लागेको संसद बैठक स्थगित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेतासँग छलफल गरेका छन् ।
बानेश्वरस्थित संसद भवन परिसरमा नै देउवाले एमाले अध्यक्ष केपी ओली, ईशवर पोखरेल र सुवास नेम्वासहितका नेतासँग संवाद गरेका हुन् ।
कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र नेता गगन थापा सहभागी भएका हुन् । सत्तारूढ दलमा किचलो बढेपछि प्रधानमन्त्रीले एमालेको सहयोग लिएर एमसिसी पास गराउने तयारी गरेका छन् ।
यसका लागि उनले यस अघि पनि ओलीसँग संवाद गरिसकेका छन् । देउवाले ओलीसँग भेटेको एक हप्तामा यो तेस्रोपटक हो । संसद भवन परिसरमा रहेको एमाले संसदीय दलका नेता केपी ओलीको कार्यकक्षमा देउवा र एमालेका नेताबीच छलफल भएको हो ।
तर एमालेले सभामुखलाई फिर्ता बोलाउनुपर्ने र नेकपा एसका १४ सांसदमाथि कारवाही गर्नुपर्ने शर्त राख्दै आएको छ । सत्ता गठबन्धन टुटाउने शर्तमा एमाले एमसिसी पास गर्न तयार रहेको बुझिएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया