राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न

काठमाडाैं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । लघुवित्तको आइपीओमा मागभन्दा बढी आइपीओ परेपछि गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गरिएको छ ।
आइपीओ भर्नेहरूमध्ये भाग्यमानी ७९ हजार ४५० जना आवेदकले मात्रै १० कित्ताको दरले सेयर पाएका छन् ।
लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया