राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न
काठमाडाैं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । लघुवित्तको आइपीओमा मागभन्दा बढी आइपीओ परेपछि गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गरिएको छ ।
आइपीओ भर्नेहरूमध्ये भाग्यमानी ७९ हजार ४५० जना आवेदकले मात्रै १० कित्ताको दरले सेयर पाएका छन् ।
लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया