ओमानको तेस्रो विकेट पनि गुम्यो
काठमाडौं । लगातार विकेट गुमाउने क्रममा ओमानले नेपालविरुद्ध तेस्रो विकेट पनि गुमाएको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले ओमानविरुद्ध सुरुवाती सफलता हात पारेलगत्तै दोस्रो विकेट पनि लिएको थियो ।
पहिलो ओभरको दोस्रो बलमा जतिन्दर सिंह २ रनको स्थितिमा रनआउट हुन पुगे । लगत्तैको ओभरमा सोएब खानलाई कमलसिंह ऐरीले सन्दीप लामिछानेबाट क्याचआउट गराए ।
४.४ ओभरमा कश्यप प्रजापतिलाई अविनाश बोहोराले सन्दीपबाटै क्याचआउट गराए ।
विश्वकपमा युएईसँग पराजित भएपछि नेपालले ओमानसँग तेस्रो स्थानमा लागि खेलेको हो ।
समूह चरणमा पनि नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया