ओमानको तेस्रो विकेट पनि गुम्यो

काठमाडौं । लगातार विकेट गुमाउने क्रममा ओमानले नेपालविरुद्ध तेस्रो विकेट पनि गुमाएको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले ओमानविरुद्ध सुरुवाती सफलता हात पारेलगत्तै दोस्रो विकेट पनि लिएको थियो ।
पहिलो ओभरको दोस्रो बलमा जतिन्दर सिंह २ रनको स्थितिमा रनआउट हुन पुगे । लगत्तैको ओभरमा सोएब खानलाई कमलसिंह ऐरीले सन्दीप लामिछानेबाट क्याचआउट गराए ।
४.४ ओभरमा कश्यप प्रजापतिलाई अविनाश बोहोराले सन्दीपबाटै क्याचआउट गराए ।
विश्वकपमा युएईसँग पराजित भएपछि नेपालले ओमानसँग तेस्रो स्थानमा लागि खेलेको हो ।
समूह चरणमा पनि नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया