१९ रन बनाउँदा ओमानलाई चार विकेटको झट्का
काठमाडौं । लगातार विकेट गुमाउने क्रममा ओमानले चौथो विकेट पनि गुमाएको छ । दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको ओमानले ७.२ ओभरमा आइपुग्दा १९ रनको स्थितिमा चार विकेट गुमाएको हो ।
१ रन बनाएर खेलिरहेका महम्मद नदिमको विकेट सन्दीप लामिछानले लिएका हुन् । ज्ञानेन्द्र मल्लद्धारा क्याचआउट गराउँदै सन्दीपले विकेट लिएका हुन् ।
पहिलो ओभरको दोस्रो बलमा जतिन्दर सिंह २ रनको स्थितिमा रनआउट हुन पुगेका थिए । लगत्तैको ओभरमा सोएब खानलाई कमलसिंह ऐरीले सन्दीप लामिछानेबाट क्याचआउट गराए ।
४.४ ओभरमा कश्यप प्रजापतिलाई अविनाश बोहोराले सन्दीपबाटै क्याचआउट गराएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया