प्रधानमन्त्री देउवा र ओलीबीच फेरि साँझ वार्ता हुने
काठमाडौं । संसद बैठक स्थगित गरेर बानेश्वरमा वार्ता गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच साँझ फेरि वार्ता हुने भएको छ ।
सिनियर र विश्वासिला नेतासहित छलफलपछि आजै साँझ देउवा र ओलीले फेरि वार्ता गर्न लागेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
एमसिसी पास गर्ने विषयमा सत्तारुढ गठबन्धनमा खटपट आएपछि देउवाले एमालेको सहयोग लिने तयारी स्वरुप निरन्तर वार्ता गरेका हुन् ।
एमालेसँग वार्ता गर्नकै लागि संसद बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया