प्रधानमन्त्री देउवा र ओलीबीच फेरि साँझ वार्ता हुने

काठमाडौं । संसद बैठक स्थगित गरेर बानेश्वरमा वार्ता गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच साँझ फेरि वार्ता हुने भएको छ ।
सिनियर र विश्वासिला नेतासहित छलफलपछि आजै साँझ देउवा र ओलीले फेरि वार्ता गर्न लागेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
एमसिसी पास गर्ने विषयमा सत्तारुढ गठबन्धनमा खटपट आएपछि देउवाले एमालेको सहयोग लिने तयारी स्वरुप निरन्तर वार्ता गरेका हुन् ।
एमालेसँग वार्ता गर्नकै लागि संसद बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया