NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनको औचित्य सकिएको घोषणा, आजै एमालेसँग निर्णायक वार्ता

काठमाडौं । एमसिसीको विषयमा बढेको तिक्तताले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितका दल एक ठाउँमा बस्न नसकिने निष्कर्ष निकालिएको छ ।

संसद् बैठक लगत्तै एमाले अध्यक्ष केपी ओलीसँगको छलफलमा प्रधानमन्त्रीले अब नयाँ हिसाबमा अघि बढ्ने बताएका हुन् । यसका लागि आज साँझ नै एमालेसँग निर्णायक वार्ताको तयारी भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

संसद बैठक स्थगित गरेर बानेश्वरमा नै भएको वार्तामा थापा पनि सहभागी थिए ।

‘एमसिसीलाई एकातिर राखेर सत्तारुढ दल एकै ठाउँमा बस्ने भन्ने कुरा अब रहेन’ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘अब यो सत्ता गठबन्धन अघि जाने अवस्थामा समस्या आएको छ । संसदको अवरोध खोलेर अगाडि बढ्ने विषयमा एमालेसँग कुराकानी भएको छ । अब साँझ निर्णायक छलफल गर्छौ ।’