कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनको औचित्य सकिएको घोषणा, आजै एमालेसँग निर्णायक वार्ता
काठमाडौं । एमसिसीको विषयमा बढेको तिक्तताले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितका दल एक ठाउँमा बस्न नसकिने निष्कर्ष निकालिएको छ ।
संसद् बैठक लगत्तै एमाले अध्यक्ष केपी ओलीसँगको छलफलमा प्रधानमन्त्रीले अब नयाँ हिसाबमा अघि बढ्ने बताएका हुन् । यसका लागि आज साँझ नै एमालेसँग निर्णायक वार्ताको तयारी भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
संसद बैठक स्थगित गरेर बानेश्वरमा नै भएको वार्तामा थापा पनि सहभागी थिए ।
‘एमसिसीलाई एकातिर राखेर सत्तारुढ दल एकै ठाउँमा बस्ने भन्ने कुरा अब रहेन’ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘अब यो सत्ता गठबन्धन अघि जाने अवस्थामा समस्या आएको छ । संसदको अवरोध खोलेर अगाडि बढ्ने विषयमा एमालेसँग कुराकानी भएको छ । अब साँझ निर्णायक छलफल गर्छौ ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया