विश्वकपमा छानिन नसकेको नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकपमा छानिन नसकेको नेपाली टिम तेस्रो भएको छ । ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो । ८८ रन पछ्याएको नेपालले १६.२ ओभरमा ९० रन बनाएर लक्ष्य पूरा गर्यो ।
सन्दीप लामिछानेले नेपालको लागि तीन विकेट लिएका थिए । अन्य बलरलेसमेत किफायती बलिङ गरेपछि ओमान सस्तैमा समेटिएको थियो ।
नेपालको जितको लागि कुशल भुर्तेततले ५३ बलमा ५५ रन बनाए । आरिफ शेखले २७ बलमा २१ रन बनाए ।
समूह चरणमा पनि ओमान नेपालसँग ३९ रनले पराजित भएको थियो ।
युएईसँग ६८ रनले पराजित भएपछि नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना सकिएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया