कांग्रेस र एमालेबीच दोस्रोपटक वार्ता हुँदै, को-को छन् सहभागी ?

काठमाडौं । एमसिसीको विषयमा बढेको तिक्तताले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितका दल एक ठाउँमा बस्न नसकिने निष्कर्ष निकालिएको छ ।
संसद् बैठकलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रधानमन्त्रीले शेरबहादुर देउवाले अब नयाँ हिसाबमा अघि बढ्ने बताएका थिए । यसका लागि अहिले साँझ नै एमालेसँग निर्णायक वार्ता भइरहेको छ ।
ओलीले आज प्रधानमन्त्री देउवासँग दोस्रोपटक वार्ता गर्न गरिहेका छन् ।
यसअघि पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग अध्यक्ष ओलीको छुट्टाछुट्टै ‘वान टु वान’ छलफल भएको थियो । शीर्ष नेताबीच ‘वान टु वान’ भेटपछि एमाले–कांग्रेस र एमाले–माओवादीका अन्य नेता सहभागी भएर छुट्टाछुट्टै छलफल भएको भेटमा सहभागी एमालेका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
तर माओवादी केन्द्रसँग कुरा नमिलेपछि अहिले एमाले अध्यक्ष ओलीसँग देउवाले वार्ता गरिरहेका छन् ।
बालुवाटारमा जारी वार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता नेम्वाङ समभागी छन् ।
कांग्रेसको तर्फबाट सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँगै उपसभापति पूर्णबहादुर खड्क, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया