सकारात्मक भए पनि निर्णायक भएन कांग्रेस र एमालेबीचको दोस्रो वार्ता

काठमाडौं । बालुवाटारमा आज दोस्रोपटक भएको सत्तारुढ कांग्रेस र प्रतिपक्षी एमालेबीचको छलफल टुंगिएको छ ।
एमसिसी पारित गराउने सहमति जुटाउनेगरी निर्णय वार्ता भएको भए पनि दुवै पार्टीका नेताहरु निष्कर्षमा पुग्न सकेनन् ।
यद्यपि, छलफल सकारात्मक ढंगले टुंगिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गर्न सघाउन आग्रह गरेका थिए ।
त्यसको जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले राखेका माग सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
तथापि, एमसिसी पारित गर्ने र संसद्लाई प्रभावकारी बनाउने विषयमा निरन्तर छलफल गर्ने सहमति भएको मन्त्री कार्कीको भनाइ छ ।
वार्तामा एमालेका अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता नेम्वाङ समभागी थिए ।
कांग्रेसको तर्फबाट सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री कार्की थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया